यामाहाले रेजेडआर फेन्टासी लिग गर्दै, विजेतालाई स्कुटर

  २०७९ साउन ३० गते १८:१९     विकासन्युज

काठमाडौं । यामाहाले रेजेडआर फेन्टासी लिगका गर्ने भएको छ । इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ६ बाट शुरू भएसँगै यामाहाले रेजेडआर फेन्टासी लिगका गर्ने भएको हो ।

इंग्लिश प्रिमियर लिग (इपिएल)मा आधारित रहेर कम्प्यूटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँज तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ । पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् ।

गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको यामाहा नेपालले जानकारी दिएको छ ।

यस सिजनको ‘फेन्टासी प्रिमियर लिग’मा सहभागी बन्नका लागि कोड वाईआई२३यो रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमियर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा गई रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ ।

फेन्टासी लिग, इंग्लिश प्रिमीयर लिग (इपिएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिना (३८ हप्ता) सम्म चल्नेछ ।

कम्पनीको अनुसार फेन्टासी लिगमा साप्ताहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको पोइन्टलाई आधार मानी गरिने बताइएको छ ।

साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.