ब्याजदर नबढ्ने भएपछि बजारमा हरियाली

  २०७९ साउन ३० गते १५:५५     विकासन्युज

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सेयर बजार सोमबार भने हरियाली छाएको छ । बैंक तथा वित्त संस्थाले भदौ महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेपछि सेयर लगानीकर्ता हर्षित भएका छन् । यसअघि दिँदै आएको ब्याजदरमा भदौ महिनाका लागि नबढाउने निर्णय पश्चात् सेयर बजारमा लगानीकर्ता आकर्षित भएका हुन् ।

सोमबार ५५.८८ अंकले सेयर बजार बढ्दा सबै समूहमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५.८८ अंक बढेर २०६५.८९ अंकमा बन्द भएको छ । नेप्से सूचक २.७८ प्रतिशतले बढेको हो ।

सोमबार दिनभरिमा २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर ४२ हजार ८९७ पटक किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार बैंकिङ्ग समूह १.२४ प्रतिशत, ट्रेडिङ्ग समूह ४.३८ प्रतिशत, होटल एण्ड टुरिजम समूह ३.११ प्रतिशत, विकास बैंक समूह ५.३३ प्रतिशत, हाइड्रोपावर समूह ४.४३ प्रतिशत, फाइनान्स समूह ७.३८ प्रतिशत, निर्जीवन बीमा समूह ३.१६ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४७ प्रतिशत, अन्य समूह ६.२७ प्रतिशत, माइक्रोफाइनान्स समूह २.९८ प्रतिशत, जीवन बीमा समूह १.५७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.८१ प्रतिशत बढेको छ ।

आज श्रीइन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पाेज फाइनान्स, राधी विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, रिभर फल्स पावर पन्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य पनि बढेको छ । यस्तै, रिडी पावर कम्पनीको ९.९९ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको सेयर मूल्य २.७० प्रतिशत घटेको छ ।

बजारमा हरियाली देखिएपछि शिवम् सिमेन्टको २१ करोड २ लाख ५२ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ कोड ५५ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.