धौलागिरी लघुवित्तको आईपीओ भाग्यमानी ५ जनालाई ११ कित्ता, १० कित्ता कतिले पाउँछन् ?

  २०७९ साउन ३० गते १०:५४     विकासन्युज

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिनसम्म ७०.४५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका छन् ।

लघुवित्तको आईपीओमा आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

लघुत्तिले साउन २४ गतेदेखि साउन २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ३० हजार ८२९ जना आवेदकले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् ।

१० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.