अभियान लघुवित्तको आईपीओ बाँडफाँट गर्दा ९१ हजारले पाए १० कित्ता

  २०७९ साउन ३० गते ९:३४     विकासन्युज

काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो ।

क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ८० हजार ९७० जना आवेदकले २ करेड १९ लाख १२ हजार ६७० कित्ताका लागि आवेदन दिएका दिए । तर, २ हजार ३७६ जना आवेदकको विभिन्न कारणले रद्द भएको छ ।

बाँकि रहेका १९ लाख ७८ हजार ५९४ जना योग्य आवेदकलाई मात्रै सेयर वितरण गरेको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट बाँडफाट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले लघुवित्तको १० कित्ता सेयर पाएका छन् । आवेदन दिएका बाँकी आवेदकको हात रित्तो भएको छ ।

लघुवित्तले साउन १८ गतेदेखि साउन २२ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ४८ हजार ७५० कित्ता सेयर सामुहिक लगानी कोष, १२ हजार ५ सय कित्ता सेयर कर्मचारी र ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्बसाधारण लगानीर्ताका लागि छुट्याएको थियो ।

लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट र अभियान लघुवित्तको वेबसाइट https://www.aviyanlaghubitta.com/ बाट हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.