‘पूर्वाञ्चल विश्वविद्यालयले हजारौं गरिबका छोराछोरीको भविष्य चकनाचुर पार्यो’

  २०७९ साउन २९ गते १९:४५     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले साउन २९ गते पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने र परीक्षा नियमावली, २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यान्वयन गरिनुपर्ने लगायतका माग गरेको छ ।

त्यसैगरी चक्रवर्ती हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गर्नुपर्ने पनि माग गरिएको छ । नेविसङ्घ पूर्वाञ्चल विश्वविद्यालयका कार्यवाहक अध्यक्ष विजय फुलाराले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनुपर्ने र परीक्षा नतिजा तीन महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने, परीक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरे ।

उनले भने, ‘यी माग दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमाबाबु र भविष्य बनाउन आएका विद्यार्थीको हितमा छ, विश्वविद्यालयले हजारौं गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.