रिडी पावरले राख्यो रेकर्ड, एकीकृत कारोबार भएकै दिन नेप्सेमा थपियो सेयर

  २०७९ साउन २९ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिडी पावर कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर सूचीकृत भएको छ । साविकको रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई एकीकृत कारोबार गरेकै दिन कम्पनीको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

एक आपसमा मर्जरमा गएका रिडी र रैराङ्ग हाइड्रोपावरले साउन २९ गते नै एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुईले रिडी पावर कम्पनीको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

उक्त एकीकृत कारोबार गरेकै दिन नेप्सेमा सेयर सूचीकृत भएको छ । एकीकृत कारोबार गरेकै दिन सेयर सूचीकृत गर्नेमा रिडी पावर कम्पनी सम्भवतः पहिलो हो ।

यससँगै भोलि (साउन ३० गते) देखिनै उक्त सेयर किनबेच गर्न पाइने छ । जसको लागि पहिलो कारोबार गर्न नेप्सेले प्रतिकित्ता ७०८.६० रुपैयाँ तोकिदिएको छ । यससँगै लगानीकर्ताले स्टक सिम्बोल आरआईडीआईको नामबाट सेयर किनबेच गर्न सक्ने छन् ।

साविकको रिडी हाइड्रोपावर र रैराङ हाइड्रो १ बराबर ०.९३ को अनुपातमा मर्जरमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.