‘नयाँ ब्रोकरलाई लाईसेन्स दिन बाहानाबाजी नगरौं, कमिसन घटाऔं’

  २०७९ साउन २७ गते १९:०४     विकासन्युज

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले नयाँ ब्रोकर लाईसेन्स वितरणमा बाहानाबाजी नगर्न माग गरेका छन् । पुँजीबजारका लगानीकता संघ संगठनले नेपाल धितोपत्र बोर्डका अक्ष्यक्ष रमेश कुमार हमालसमक्ष उक्त कार्यमा बाहाना बाजी नगरी तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले समग्र लगानीकर्ताको तर्फबाट बोल्दै मन्त्रिपरिषदमा पेश भएको उक्त मस्यौदा तत्काल कार्यान्वयनमा ल्याउन बोर्डले पहल गर्नु पर्ने माग गरेका हुन् । बोर्डले उक्त मस्यौदा गत साउनको पहिलो सातामै अर्थमन्त्रालयमा पेश गरेको थियो ।

त्यस्तै, लगानीकर्ताहरुले तत्काल ब्रोकर, नेप्से, सिडियस र स्वयं धितोपत्र बोर्डको समेत लगानीकर्ताहरुबाट असुल गर्दै आएको कमिसन तत्काल घटाउन पनि बोर्डका अध्यक्ष हमालसँग माग गरेका छन् ।

साथै, मर्जरको नाममा लामो समयसम्म सेयर कारोबार रोक्का रहेको अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।

नेपाल स्टक एक्सचेञ्जलाई निजिकरण वा नयाँ स्टक एक्सचेञ्ज खुलाउने प्रकृयामा छिटो भन्दा छिटो लाग्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

यदि सेबोनबाट यी सबै काम यथाशिघ्र भएमा बोर्डको नीति तथा कार्यक्रममा सहयोग पुग्नेमा लगानीकर्ताहरु विश्वस्त छन् ।

One comment on "‘नयाँ ब्रोकरलाई लाईसेन्स दिन बाहानाबाजी नगरौं, कमिसन घटाऔं’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.