भाटभटेनी सुपरमार्केटमा ‘नेपाल पे’काे क्युआर सेवा

  २०७९ साउन २७ गते ९:३४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल पे को क्युआर सेवा सुरु भए सँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम स्मार्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

माछापुच्छे बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.