बीमा कम्पनीहरुले १६ प्रतिशतले बढाए बिजनेस, संकलन गरे पौने दुई खर्ब रुपैयाँ बढी

  २०७९ साउन २६ गते १९:२३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले एक वर्षको अवधिमा पौने दुई खर्ब रुपैयाँ बढीको बिजनेश गरेका छन् । जीवन र निर्जीवन गरी कूल ३९ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात प्रिमियम संकलन गरेका हुन् ।

जुन अघिल्लो आवको तुलनामा १६.४८ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

गत आवमा जीवन बीमा कम्पनीले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३९ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । ३९ वटा कम्पनीले कूल १ करोड ५८ लाख ८७ हजार ६५० वटा बीमा पोलिसी बिक्री गरेका छन् । जसमध्ये जीवन कम्पनीहरु १ करोड ३० लाख र निर्जीवन कम्पनीहर २७ लाखको बीमालेख बिक्री गर्न सफल भएका छन् ।

समितिका अनुसार समीक्षा अवधिमा बैदेशिक रोजगार बीमालेखको संख्या २९.७८ प्रतिशतले बढेर ८ लाख ९१ हजार ११३ वटा बिक्री भएका छन् । त्यस्तै, म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेखसहित ५ प्रतिशत घटाएर लिएको बीमालेख संख्या १ करोड २४ लाख ८९ हजार रहेको छ ।

शिखर, सगरमाथा र नेकोबीच बीमाशुल्कमा प्रतिस्पर्धा, पछ्याउँदै राष्ट्रिय बीमा र सिद्धार्थ

२०७९ असारसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या १४.७६ प्रतिशतले बढेर ३ हजार ३६६ वटा पुगेको छ । जुन २०७८ असारसम्ममा २ हजार ९३३ वटा थिए ।

त्यस्तै, बीमामा कार्यरत कर्मचारीहरुको संख्या पनि १० प्रतिशतले बढेर ११ हजार ८६१ पुगेको छ । २०७८ असारसम्ममा १० हजार ७५२ कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.