नाडाले विद्युतिय गाडीको एक्सपो गर्ने

  २०७९ साउन २६ गते १६:२०     विकासन्युज

काठमाडौं । नाडाले पहिलो पटक विद्युतिय गाडीको एक्सपो गर्ने भएको छ । बिहीबार अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको कार्य समितिको आठौं बैठकले नाडा इभि एक्सपो गर्ने भएको हो ।

उक्त इभि एक्सपो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको जनाएको छ । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ ।

नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.