आईएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा गर्यो स्वास्थ्य शिविर

  २०७९ साउन २६ गते १५:३९     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अनुसार उक्त स्वास्थ्य शिविरमा १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् ।

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्व अनुरुप सातवटा प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम गरेका बताए  ।

कम्पनीले सुनसरी चक्रघट्टिमा आँखा शिविर, बाराको कलैयामा दन्त शिविर, चितवनको नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर, मजुङको सोतिपसलमा जनरल स्वास्थ्य जाँच शिविर, गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर, सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर र कैलालीस्थित टिकापुर नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर संचालन गरेको थियो । 

यस अघि कम्पनीले गत शुक्रवार मुलुकभर गरेको रक्तदान कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै शनिबार गरिएको अभिकर्ता तालिममा सहभागी ७४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.