तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

  २०७९ साउन २६ गते ११:१४     विकासन्युज

काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९६ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.