लगानी बोर्डले स्थापना गर्ने परियोजना बैंकको मार्गदर्शन तयार, प्रधानमन्त्रीलाई बुझायो कार्यसम्पादनको प्रतिवेदन

  २०७९ साउन २५ गते १९:३९     विकासन्युज

काठमाडौं । लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई बाेर्डकाे प्रतिवेदन बुझाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेटेर भट्टले बाेर्डकाे प्रतिवेदन पेश गरेका बुझाएका हुन् ।

प्रधानमन्त्री देउवा र भट्टबीच साउन ३२ मा आ.व.२०७८/७९ को लागि ४२ वटा क्रियाकलापमा समयसारिणी सहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।

लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बाहरु परियोजना विकास र व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय सहकार्य र साझेदारीमा केन्द्रीत रही भएको करार, बमोजिम सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिए अनुसारका सम्पूर्ण सूचकहरु पूरा भई शतप्रतिशत कार्यसम्पन्न भएकाे भट्टले बताए ।

उक्त आर्थिक वर्षमा एक खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत भएको व्यवसायिक योजना , सहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डको परियोजना बैंक, सम्बन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमन सम्बन्धी ड्यासबोर्ड समेत तयार भएको उनले जानकारी दिए ।

त्यस्तै, पश्चिम सेती तथा सेती नदी संयुक्त जलविद्युत परियोजनाको विकास ढाँचा सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिहरुको तुलनात्मक विश्लेषण सम्बन्धी अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.