रियलमीको नार्जो ५० ए प्राइम बजारमा

  २०७९ साउन २५ गते १९:०५     विकासन्युज

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच पावरको ब्याट्री र एआई–सक्षम क्यामेरा यसमा समावेश छ ।

रियलमी नेपालका हेड मुनिष गिरीका अनुसार यसमा ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० एमपी क्यामेरा छ । यो ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो, जसको तौल १९२.५ ग्राम रहेको छ । ५० एमपी प्राइमरी क्यामेराका अलवा सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बीएण्ड डब्लू लेन्स यसमा समावेश छ ।

यस स्मार्टफाेनमा सेल्फीका लागि अगाडि ८ एमपी एचडीआर क्यामेराछ । नार्जो ५० ए प्राइम शक्तिशाली युनिसोक टी ६१२ द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर १२ एनएम प्रोसेसर हो, जसले २ गिगाहर्जसम्मको पावर र कोर्टेक्स ए ७५ संरचना समर्थन गर्दछ ।

२१ हजार ७९९ रुपैयाँ मूल्य रहेको रियलमी नार्जो ५० ए प्राइम फ्ल्यास ब्लू कलरमा उपलब्ध छ । ४ प्लस १२८ जीबी भेरियन्टमा साउन २३ गतेबाट बजारमा आएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.