नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

  २०७९ साउन २५ गते १८:०४     विकासन्युज

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे छलफल गर्नसम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका संस्थापक तथा कार्यकारी अध्यक्ष रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगाएत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.