चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान

  २०७९ साउन २५ गते १७:४९     विकासन्युज

काठमाडौं । हिमालय एअरलाइन्सले चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान गरेको छ ।

अरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि मंगलबार चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एनएजेकेको उडान नम्बर एच९ ७२२०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११.०७ बजे प्रस्थान गरेकाे थियाे । उक्त जहाज बुधबार बिहान ७ः५५ बजे छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि बिहीबार दिउँसो ३.०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु स्वदेशका लागि प्रस्थान गर्ने र दिउँसो ४ः५० मा काठमाडौं आइपुग्नेछन् । सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात ठप्प भएको थियो। यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.