सिभिल बैंकका ग्राहकलाई न्युरोडमा मोबाइल तथा ल्यापटप किन्दा छुट

  २०७९ साउन २५ गते १६:१९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले न्युरोडको ९पिपुल्स प्लाजा० थ्रिकम नेटवर्क टेक्नोलोजीसँग सम्झौता गरेको छ । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरुलाई थ्रिकम नेटवर्क टेक्नोलोजीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा श्रेष्ठ र थ्रिकम नेटवर्क टेक्नोलोजीको तर्फबाट प्रोपाईटर विपीन जयसवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त थ्रिकम नेटवर्क टेक्नोलोजीमा, ल्यापटप खरिदमा ५ प्रतिशत, मोबाइल खरिदमा २।५ प्रतिशत, मोबाइल एण्ड ल्यापटप एक्सेसरिजमा १० प्रतिशत तथा मोबाइल एण्ड ल्यापटप मर्मतमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैंकले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र १०० एटिएमका साथ वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.