प्रभु बैंकका ग्राहकलाई लोकहित डेन्टल हस्पिटलमा छुट 

  २०७९ साउन २५ गते १२:०२     विकासन्युज

काठमाडाैं । प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलकाे तर्फबाट अध्यक्ष डा. गणेश शाहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यद्यपि बिल रकम ५०० भन्दा कम भएमा छुट प्रदान नहुने बैंकले जनाएकाे छ ।

सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.