नेपाल एसबिआई बैंक युनीफाईड पेमेन्ट इन्टरफेस नेपालमा आवद्ध

  २०७९ साउन २४ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले गेट वे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ ।

उक्त सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

बैकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ यस कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएकाे छ ।

यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.