ल्याण्डफिल साइटमा फोहोर बोकेर गएको गाडी तोडफोड

  २०७९ साउन २४ गते १४:१६     विकासन्युज

काठमाडौं । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजरमा तोडफोड भएको छ ।

काठमाडौंबाट फोहोर बोकेर गएको गाडीको रातको समय पारेर आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो ।

वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार महानगरले गरेको छ । तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका महानगरले जनाएको छ ।

घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिलले महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै बताएका छन् ।

‘शुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम गर्यौं, यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गर्यौं, यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ,’ उलने भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.