टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

  २०७९ साउन २४ गते १४:०३     विकासन्युज

काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम आइएमई पेबाटै भुक्तानी गर्न सक्ने भएका छन् । आइएमई पेकाे अनुसार हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेकाे र छिट्टै बाँकी  ब्रोकरहरुमा उपलब्ध हुने छ ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए ।

कम्पनीले यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.