शिवम् सिमेन्ट र षट्कोण आर्टसले सहकार्य गर्ने

  २०७९ साउन २४ गते १२:१३     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्ट र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र महापुरुषका लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झाैता भएकाे छ ।

उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । यस्तै षट्कोण आर्टसकाे तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

कात्तिक ११ मा रिलिज हुन गइरहेको उक्त चलचित्रमा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् ।

शिवम् सिमेन्टले आफुप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.