शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा

  २०७९ साउन २४ गते १०:०८     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले आगामी भदौ १० गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगरमा डाकेको हो ।

उक्त सभाले कम्पनीको गणपुरक संख्या ६५ प्रतिशतलाई बढाएर ५१ प्रतिशत कायम गर्दै छ ।

त्यस्तै, सञ्चालक समितिमा ७ जना हुने व्यवस्थालाई संशोधन गरी ६ जनाको बनाउने विशेष प्रस्ताव छ । जसमा स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकमा १ जना र सेयरधनीहरुबाट ५ जना हुने छन् ।

विशेष साधारण सभा जुम मार्फत पनि गरिने भएकाले इच्छुकहरु जुम मार्फत सभामा जोडिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.