अग्नी ग्रुपले पोखरामा सञ्चालन गर्यो २ एस सर्भिस सेन्टर

  २०७९ साउन २३ गते १९:११     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका लागि ग्रुपले पोखराको प्रश्याङ्गमा ‘पोखरा अटो वर्कश’ सञ्चालनमा ल्याएको हो ।

पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ ।

पोखरा अटो वर्कशको उद्घाटन अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुबेदीले सामूहिक रुपमा गरिएको थियो ।

अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन गर्ने लक्ष्य पनि लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.