सयपत्री हाइड्रोको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

  २०७९ साउन २३ गते १८:५६     विकासन्युज

काठमाडौं । सयपत्री हाइड्रो पावरले जारी गरेको आईपीओको बाँडफाँड भोलि (साउन २४ गते) हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले भोलि बिहान १० बजे बाँडफाँड गरिने जानकारी गराएको हो ।

उक्त बाँडफाँडको कार्यक्रम एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा हुने छ ।

कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.