एनआईसी, राष्ट्रिय वाणिज्य र सिद्धार्थबीच आरओईमा टक्कर, माछापुच्छ्रे र ग्लोबल आइएमईले पछ्याउँदै

  २०७९ साउन २३ गते १४:०४     विकासन्युज

काठमाडौं । २६ वटै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने गतिलो सूचक रिटर्नअन इक्विटी (आरओई) अर्थात सम्पत्तिमाथिको प्रतिफल हो ।

विभिन्न बैंकहरूले अर्बौं नाफा गरेको देखिए पनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल सूचक हो ।

अहिले २७ वटा वाणिज्य बैंकहरूमध्ये कतिपय १० अर्बको हाराहारीको चुक्तापुँजी भएका बैंकहरू छन् भने कतिपयले २३ अर्ब बढी चुक्तापुँजी पु¥याइसकेका छन् । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्छ । सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो ।

रिटर्न अन इक्विटीमा सबैभन्दा अब्बल एनआईसी एसिया बैंक देखिएको छ । एनआईसी एसियासँगै राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंकबीच पनि आरओईमा प्रतिस्पर्धा देखिएको छ । यी बैंकहरुको आरओई क्रमशः २१.९४ प्रतिशत, १८.४५ प्रतिशत, १७.२२ प्रतिशत, १६.९१ प्रतिशत र १६.३० प्रतिशत छ ।

यी बैंकहरुसँगै एनएमबी, सानिमा, कुमारी, प्राइम कमर्सियल, प्रभु, सनराइज, स्ट्याण्डर्ड चार्टर्ड, मेगा र एनसीसी बैंकहरुले पछ्याइरहेका छन् ।

एनएमबी बैंकको आरओई १५.७५ प्रतिशत, सानिमाको १५.४८ प्रतिशत, कुमारीको १५.४५, प्राइमको १५.४२ प्रतिशत, प्रभुको १५.०८ प्रतिशत, सनराइजको १४.७६ प्रतिशत, स्ट्याण्डर्ड चार्टडको १४.३६ प्रतिशत्, मेगाको १४.०६ प्रतिशत र एनसीसीको १४ प्रतिशत छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्टको १३.५४ प्रतिशत, सिभिलको १३.०२ प्रतिशत, हिमालयनको १२.६४ प्रतिशत, एभरेष्टको १२.६४ प्रतिशत, सेञ्चुरीको १२.५२ प्रतिशत, सिटिजन्सको १२.२४ प्रतिशत, बैंक अफ काठमाण्डूको ११.३१ प्रतिशत, नेपाल एसबिआईको १०.५९ प्रतिशत, नबिलको १०.४४ प्रतिशत, लक्ष्मीको १०.३४ प्रतिशत, नेपाल बैंकको १०.०४ प्रतिशत र कृषि विकास बैंकको ८.६६ प्रतिशत आरओई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.