प्राइम, इन्भेष्टमेन्ट र नबिल बैंकका कर्मचारीले पाउँदैछन् उच्च बोनस, अधिकतम् ५०% सम्म, कुनले कति दिँदैछन् ?

  २०७९ साउन २३ गते १३:२६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई औसतमा २५.७ प्रतिशत बोनस खुवाउने देखिएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार २६ वटा वाणिज्य बैंकहरुको औसत बोनस २५.७ प्रतिशत देखिएको हो ।

कर्मचारीलाई सबैभन्दा बढी बोनस खुबाउने बैंक प्राइम कमर्सियल हुने देखिएको छ । यस बैंकले ५१.८ प्रतिशत बोनस वितरण गर्ने देखिएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई ५८ करोड १८ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ ।

यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीले बढि बोनस पाउने भएका छन् । यस बैंकका कर्मचारीले कुल ६४ करोड ७३ लाख रुपैयाँ बोनस पाउनेछन् । यस बैंकले कुल ५०.३ प्रतिशत बोसन वितरण गर्ने भएको हो ।

कर्मचारीलाई बढी बोनस वितरण गर्ने बैंकका रुपमा नबिल देखिएको छ । नबिल बैंकले कुल ७८ करोड ९३ लाख रुपैयाँ बोनस वितरण गर्ने भएको हो । बैंकले ४०.८ प्रतिशत बोसन वितरण गर्ने भएको छ ।

२६ वटा वाणिज्य बैंकहरुले कुल ११ अर्ब ८० करोड रुपैयाँ बोनस वितरण गर्न लागेका हुन् । बैंकहरुले गत आवमा कर्मचारीका लागि ४५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.