काठमाडौं सडकमा फोहरको थुप्रो बढ्दो (फोटोफिचर)

  २०७९ साउन २३ गते १०:४५     विकासन्युज

काठमाडौं । फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौं सडक तथा चोक चोकमा फोहर थुप्रिन थालेका छन् । सम्बन्धित निकायले फोहर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो ।

अहिले काठमाडौंको अधिकांश सहर चोकमा घरभन्दा ठुलो फोहर थुप्रिएको छ । फोहरको व्यवस्थापनमा अहिले काठमाडौं महानगरपालिकालाई पनि सकस परेको छ ।

लामो समयदेखि काठमाडौंको ठूलो समस्या मध्येको एक फोहर व्यवस्थापन हो । त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।

समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको महानगरपालिकाको भनाइ छ ।

केही समय अगाडि महानगरपालिकाले कुहिने र नकुहिने फोहर उठाउने समय तालिका बनाएको थियो । उक्त तालिका अनुसार नभएको कारणले गर्दा पनि सडकको पेटी, चोक आदि ठाउँमा फोहर थुप्रन थालको हो ।

तस्विर : रिसब चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.