चंगान अटोको नेपालमा पहिलो वर्ष पुरा

  २०७९ साउन २२ गते १५:२३     विकासन्युज

काठमाडौं । चीनको नंबर एक प्यासेन्जर ब्राण्ड चंगान अटोले नेपालमा आफ्नो सेवाको पहिलो वर्ष पुरा गरेको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लुले एक वर्ष पहिले चंगानको उत्कृष्ट गाडिहरु नेपाली बजारमा भित्राएको हो ।

चंगान अटोले नेपाली बजारमा सेडान एल्सभिन मार्फत आगमन गरेको थियो । यससँगै उत्कृष्ट पिकअप हन्टर पनि सार्वजनिक गरिएको थियो । एल्सभिन पेट्रोल भेरिएन्ट हो भने हन्टर डिजेल भेरिएन्ट हो । हन्टर दुई संस्करण ४८२ र ४८२ मा उपलब्ध छ ।

सुरुवातमा सोल्टी होटेलको प्राङ्गणमा एल्सभिनलाई प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै चंगान अटोले हाउजिङ, अपार्टमेन्ट, सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सितापाईला काठमाडौंबाट सञ्चालन गरेको थियो । हन्टर सार्वजनिक भएसँगै कम्पनीले आफ्नो सोरुम नक्सालबाट सेवा सञ्चालन सुरु गरेको थियो । आगमनको पहिलो वर्षमै एल्सभिन बेस्ट सेलिङ मिड साइज सेडानमा चौथौ भएको थियो भने हन्टर बेस्ट सेलिङ पिकअप लक्जरीमा छैठौ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.