सहकारीलाई लाभांश वितरण नगर्न अपील, घरजग्गा पनि खरिद गर्न नपाइने

  २०७९ साउन २२ गते १४:१९     विकासन्युज

काठमाडौं । सहकारी अभियानले सहकारी संस्थाहरुलाई नगद लाभांश वितरण नगर्न अपील गरेकोृ छ । आइतबार राष्ट्रिय सहकारी महासंघमा पत्रकार गर्दै अभियानले अहिले तरलताको अभाव भएकोले नगद लाभांश वितरण नगर्न अपील गरेको हो ।

सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लगायत संघहरुले संयुक्त रुपमा राष्ट्रिय सहकारी महासंघमा पत्रकार सम्मेलन गर्दै सदस्यहरूसँगको परामर्शमा नगद लाभांश वितरण नगर्न अपील गरेको हो ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सदस्यहरूसँगको परामर्शमा नगद लाभांश वितरण नगर्ने, कारोबारलाई सकेसम्म डिजिटल प्रणालीमा लैजाने, वित्तिय मापदण्ड (पर्ल्स) लागु गर्ने र महासंघ, सहकारी बैंक, केन्द्रीय संघ, प्रदेश वा जिल्ला संघहरूले संचालन गरेकास्तरिकरण कार्यक्रममा संस्थालाई सहभागि गराउने र उद्देश्य मिल्ने अन्य सहकारी संस्थासँग एकिकरण गर्ने ।’

यस्तै, सहकारी अभियानले सहकारीको पैसा सहकारीमा राख्ने अभियानको प्रचार प्रसार गर्ने, व्यवस्थापन चुस्त दुरूस्त र क्षमतावान व्यवसायिक बनाई राख्न शिक्षा तालिममा नियमित सहभागि गराईराख्न पनि अपील गरेको छ ।

तरलता समस्यामा सुधार नहुन्जेलसम्म संस्थाले अचल सम्पत्ति खरिद नगर्ने, अनावश्यक खर्चहरू नगरी जोखिमव्यवस्थापन र सुशासनमा सहयोग हुने शिक्षा, तालिममा व्यववस्थापन एवं समिति, उपसमितिहरू र सदस्यहरूलाई सहभागि गराउने कार्य गर्न पनि अभियानको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.