बिरामीका लागि सुत्न सजिलो हुने म्याट्रेस ल्याउँदै हेरिटेज

  २०७९ साउन २२ गते १४:००     विकासन्युज

काठमाडाैं । हेरिटेज म्याट्रेसले अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेस नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले शनिबार एक कार्यक्रम आयाेजना गरी दुई नयाँ म्याट्रेस बजारमा ल्याउने जानकारी दिएकाे हाे ।

अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरुलाई आवश्यकता अनुरुप रिफर गर्ने अर्थो डक्टर म्याट्रेस र सामान्य ब्याक पेन हुने र अलिक साह्रो ओच्छ्यानमा सुत्न मनपराउनेहरुका लागि बन्डेड म्याट्रे्स  ल्याएकाे कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य हेमराज ढकालले बताए ।

वार्षिक १० लाख मिटर कार्पेट उत्पादन क्षमता रहेको अत्याधुनिक उद्योग मार्फत भेलर तथा रिब्ड कार्पेट उत्पादन गरिरहेको यस कम्पनीले छिट्टै टपटिङ्ग ग्राफिक्स कार्पेट उत्पादनको योजना बनाएको जानकारी दिएकाे छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.