रन शुजको २६ नयाँ मोडलका जुत्ताहरु बजारमा

  २०७९ साउन २२ गते १३:४१     विकासन्युज

काठमाडौं । रन शुज इन्ड्रष्ट्रिजले २६ नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले चाडपर्वहरुलाई लक्षित गरी नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

रन शुजको स्पोर्टस्, फेन्सी तथा पार्टि, क्याजुयल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन शुजका उत्पादनहरु फ्लेक्जिबल इनरसोल, नचिप्लिने रवर तथा पियुको सोलहरुमा बजारमा उपलब्ध छन् ।

रन ब्राण्डका जुत्ताहरुमा गुणस्तरीय सामाग्रीहरु प्रयोग भएकोले रन ब्राण्डका जुत्ताहरु लगाउँदा आरामदायी र बलियो हुनुको साथै रिजनेबल पनि भएको कम्पनी बताउँछ ।

रन शुजकोे आजसम्ममा १ हजारभन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथै, यसले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.