सिन्धु आक्रामक बन्दा विकास बैंकको नाफा ७ अर्ब नाघ्यो, नम्बर वान मुक्तिनाथलाई पछ्याउँदै गरिमा

  २०७९ साउन २२ गते १३:३०     विकासन्युज

काठमाडौं । गत वर्षको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा विकास बैंकहरूको नाफा ३१.३४ प्रतिशत बढेको छ । गत वर्ष विकास बैंकहरूले ७ अर्ब २० करोड ५९ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ५ अर्ब ४८ करोड ६३ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेर एक नम्बर बन्न सफल भएको छ । बैंकले गत वर्ष १ अर्ब ३७ करोड २५ हजार रूपैयाँ नाफा कमाएको हो । त्यस्तै, मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैंकले १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रूपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यी दुई बैंकबीच नम्बर वान बन्न कडा टक्कर भएको तथ्याङ्कले देखाउँछ ।

सांग्रीला डेभलपमेन्ट बैंकको नाफा झण्डै एक अर्ब रूपैयाँ पुगेको छ । महालक्ष्मी, ज्योति, लुम्बिनी, शाइन रेसुंगा, कामना सेवा र सांग्रीला बैंकको नाफा ५० करोड रूपैयाँ भन्दा बढी रहेको छ ।

प्रतिशतका आधारमा हेर्ने हो भने सिन्धु विकास बैंकको नाफा वृद्धिमा आक्रामक बनेको छ । विकास बैंकहरूमध्ये सिन्धुले सबैभन्दा धेरै ११३.५२ प्रतिशत नाफा वृद्धि भएको छ । यस्तै, ग्रीन डेभलपमेन्टको ८६.३४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष नोक्सानीमा रहेको कर्पाेरेट डेभलपमेन्ट बैंक गत वर्ष १० करोड ४८ लाख रुपैयाँ नाफामा रहेको छ ।

हाल संचालनमा रहेका १६ वटा विकास बैंकमध्ये २ वटा बैंक नोक्सानीमा छन् । गत वर्ष नारायणी र कर्णाली डेभलपमेन्ट बैंकको नाफा नोक्सानीमा रहेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.