स्वदेशी वस्तुको उपयोग गर्न सके आयात घटछ

  २०७९ साउन २१ गते १७:११     विकासन्युज

काठमाडौं । स्वदेशी वस्तुको उपयोग गर्नुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७९।८० को कार्यक्रम कार्यान्वयन सम्वन्धी गरेको गोष्ठीमा सहभागीहरुले स्वदेशी वस्तुको प्रयोग गर्न सके मात्रै आयातलाई विस्थापन गर्न सहयोग मिल्ने बताए ।

सहभागी इन्जिनियरहरुलाई कार्यपत्र प्रस्तुत गर्दै नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विदेशी वस्तुहरुको आयातले देश नै संकटतर्फ उन्मुख भइरहेको विषयलाई गम्भीर हुन सहभागी इन्जिनियरहरुलाई अनुरोध गरे । उनले यसकारण निर्माण क्षेत्रमा पनि स्वदेशी वस्तुहरुको उपयोगका लागि निर्माणकर्ताहरुलाई सिफारिस गर्न अनुरोध गरे ।

कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले स्वदेशी वस्तुका उपयोग नीतिलाई सरकारले अगाडि वढाउँदै लगेको बताए । उनले सवै नेपालीलाई स्वदेशी वस्तुको उपयोगका लागि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.