निजी बैंकलाई सरकारी बैंक भारी परे, नाफा वृद्धिमा सिभिल, सेञ्चुरी र लक्ष्मी आक्रामक

  २०७९ साउन २१ गते १४:५३     विकासन्युज

काठमाडौं । गत वर्षको वित्तीय विवरण सबै वाणिज्य बैंकले सार्वजनिक गरिसकेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा २३.१४ प्रतिशतले बढेको छ । प्रत्येक वर्ष वाणिज्य बैंकहरुको नाफा बढरिहेको छ । गत वर्षको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको नाफा पौने एक खर्ब रुपैयाँ पुगेको हो ।

वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरुले ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थिए ।

बैंकहरुमा देखिएको तरलता अभावको समस्याका बाबजुत बैंकहरुको नाफा बढेको हो । करोडमा नाफा कमाउने ३ वटा वाणिज्य बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । ३ वटा बैंकको नाफा भने घटेको छ ।

गत वर्षको वित्तीय विवरणले निजी क्षेत्रका बैंकहरुलाई सरकारी बैंकहरु भारी पर्न थालेका छन् । नाफा आर्जनमा अघिल्लो वर्ष तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक सिधैं एक नम्बरमा पुगेपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग ल्याएको छ । गत वर्ष ५ अर्बभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक रहेका छन् ।

यस्तै, नबिल बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब भन्दा बढी रहेको छ । नबिल र एनआईसी एशियालाई नेपाल इन्भेष्टमेन्ट बैंकले केही महिना पछि नै पछि पार्ने देखिन्छ । मेगा बैंकसँग मर्जर सम्झौता गरेको इन्भेष्टमेन्टले मंसिरसम्म एकीकृत कारोबार गरेमा यी दुई बैंकभन्दा अघि पुग्ने देखिन्छ ।

एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेर प्रतिस्पर्धा गरिरहेका छन् । सरकारी लगानी रहेको नेपाल बैंक पनि आफ्नो स्थान बढाउँदै गएकाले अझै अग्रस्थानमा छिट्टै पुग्ने तथ्याङ्कले देखाएको छ ।

कुमारी, मेगा, कृषि विकास, प्रभु, एभरेष्ट, हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । बिओके, नेपाल एसबिआई, लक्ष्मी, सिभिल र सेञ्चुरी बैंक भने एक अर्ब क्लबमा प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेका छन् । नेपाल एसबिआई, सिभिल र सेञ्चुरी पहिलो पटक एक अर्ब बढी नाफा आर्जन गरेर अर्ब क्बलमा पुगेका हुन् । प्रतिशतका हिसावले तुलना गर्ने हो भने यी ३ बैंकको नै सबैभन्दा बढी नाफा बढेको हो । सिभिलको १६२, सेञ्चुरीको ११६ र नेपाल एसबिआई बैंकको नाफा बढेको हो । गत वर्ष ३ वटा वाणिज्य बैंकको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सानिमा, हिमालयन र कृषि विकास बैंकको नाफा घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.