उन्नत्ति कल्चरल भिलेजले दियो आधारभुत कला व्यवस्थापन तालिम

  २०७९ साउन २० गते १९:१९     विकासन्युज

काठमाडौं । उन्नत्ति कल्चरल भिलेजले तीन दिने ‘आधारभुत कला व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । भिलेजले अगस्ट १ देखि ३ तारिकसम्म ललितपुरको होटल भिभान्तामा उक्त तालिमको आयोजना गरी सम्पन्न गरेको हो ।

उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकास तर्फ केन्द्रित एउटा सामाजिक अग्रसर्ता हो ।

चौधरी फाउण्डेसनले कला र सिर्जनशील क्षेत्रका प्रबन्धकहरुको क्षमता निर्माण र नेटवर्किङको लागि प्रतिबद्ध आर्टथिङ्क साउथ एसियासंगको सहकार्यमा आयोजना गरेको उक्त तालिममा झण्डै ३४ सहभागी थिए ।

त्यस अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान-भिजन र मिशन, कलाको बजारीकरण, कला बजारीकरणका उद्देश्य र रणनीतिहरू, मानव संसाधन व्यवस्थापनको महत्व, संगठनात्मक नीतिहरू र कला तथा साँस्कृतिक क्षेत्रमा कोष संकलनलगायत विभिन्न विषयहरुमा अन्तरक्रिया र सत्रहरु संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.