९१२ जनामा देखियो कोरोना संक्रमण, १ को मृत्यु

  २०७९ साउन २० गते १७:१७     विकासन्युज

काठमाडौं । एकैदिन ९१२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ४९१ जनामा परिक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको छ ।

आज ३७० जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.