हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

  २०७९ साउन २० गते १५:५२     विकासन्युज

काठमाडाैं । हिमालयन हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले शुक्रबार क्यपिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हाे ।

सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७ साल असाेज १२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियाे । उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी १९८ करोड तथा जारी पुँजी १०९.५० करोड रहेको छ ।

कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात २२.५० करोड बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.