अब सहकारी बन्द भएपनि सदस्यले एटिएमबाट पैसा झिक्न पाउने, कोप कार्ड जारी

  २०७९ साउन २० गते १३:३५     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेकाे छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा बिहीबार राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसको अवसरमा टेक्नोलोजिजले कोप कार्डको सेवा सुरु गरेकाे हाे ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन ।

यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएको छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको कम्पनीले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.