बैंकको ब्याज १० दिनका लागि यथावत, भदौमा के हुन्छ ?

  २०७९ साउन २० गते १२:१६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले बैंकहरुको ब्याज नबढाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको बैठकले ब्याज नबढाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तत्कालका लागि ब्याज नबढाउने निर्णय गरेको बताए । उनले १० दिनका लागि अहिलेको ब्याजदर नै यथावत राख्ने र त्यसपछि बजारको अवस्था हेरेर निर्णय गर्ने बताए ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु बढाएर ब्याज दर बढाउन प्रेरित गरेपनि बैंकहरुले भने ब्याजदर नबढाएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यानवयनका लागि एकिकृत निर्देशन जारी गर्दै महिनाको एक पटक ब्याजदर पुनरावलोकन गर्न पाइने उल्लेख गरेको थियो ।

राष्ट्र बैंकले पोलिसी रेट परिवर्तन गरेमा बैंकहरुले आफ्नो निर्णय गर्न सक्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस्तो व्यवस्था गरे पनि बैंकहरुले भने ब्याज नबढाएका हुन् ।
संघले २६ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिलाई छलफलमा बोलाएको थियो । छलफलमा केही बैंकका सीईओबाहेक सबैको सहभागिता थियो ।

कृषि विकास बैंकका सीईओ समेत रहेका उपाध्ययाले यो निर्णय १० दिनका लागि मात्रै भएपनि भदौमा भने बजारको अवस्था हेरेर निर्णय गर्ने बताए । १० दिनमा बढाउँदा राम्रो हुँदैन भन्ने सहमति भयो, त्यसमा सबैको सहमति भयो, भदौमा तरलताको अवस्था के हुन्छ, सो अवस्थालाई हेरेर नयाँ निर्णय हुन्छ,’ उनले भने ।

अहिले साधारण मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत छ भने संस्थागतको १०.०३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.