तोलाको ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  २०७९ साउन २० गते ११:०३     विकासन्युज

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९६ हजार ३०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार २२० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.