सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ : डा. श्रेष्ठ

  २०७९ साउन १९ गते १७:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले नेपालको पुँजी बजारले बैंकिङ्ग क्षेत्रलाई चुनौति दिनुपर्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ, बजारले बजारले च्यालेन्ज दिएपछि मात्रै बैंक पनि प्रतिस्पर्धात्मक बन्न सक्छन्,’ उनले भने ।

उनका अनुसार अर्थतन्त्रमा दुई प्रकारका फाइनान्सियल स्ट्रक्चर रहेका छन् । एउटा बैंक बेस र अर्को मार्केट (पुँजी बजार) बेस । राष्ट्र बैंकले बैंक बेस नियमन गर्छ भने मार्केट बेस भनेको अल्टरनेटिभ रहेको उनको भनाई छ ।

दुई वटा फाइनान्सियल स्ट्रक्चर भएपनि एकअर्काका परिपूरक भएको उनको भनाइ छ। उनले बैंकिङ्ग क्षेत्रमा लिक्वीडि नभएको बेलामा पुँजि बजारले ठूला कम्पनीलाई दिने बताए ।

‘ठूला कम्पनीले बैंकबाट पैसा नपाएमा पुँजी बजारमा गएर पैसा ल्याउन सक्छन्, त्यहाँबाट पैसा उठाउन सक्छन्, बैंकबाट पैसा उठाउन सक्ने अवस्था नरहेमा प्राथमिक र दोस्रो बजारले लिक्विडिटी दिन्छ,’ उनले भने ।

वछिल्लो समय पुँजि बजारमा आकर्षण बढेको उनको बुझाइ छ । कर्मचारीहरुले पनि आफ्नो पेसालाई कम महत्व दिएर सेयर बजारमा कारोबार गर्ने गरेको आफुले पाएको उनले बताए । ‘पछिल्लो समय पुँजी बजारमा कर्मचारी आफ्नो प्रोफेसन बिर्सेर सेयर बजारमा आकर्षित भएका छन्, उनीहरुको झुकाव रियल लाइफभन्दा नि सेयर बजारमा बढी छ,’ उनले भने ।

त्यस्तै, बजारमा बण्ड ल्याउन पनि सहज वातावरण र मार्केटमा सहभागी हुन धेरै ज्ञानको आवश्यक रहने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.