बुक बिल्डिङमा दुर्घटना निम्तिदैन, सबै कर्मचारीलाई सचेत गराएको छु : अध्यक्ष हमाल

  २०७९ साउन १९ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङमा दुर्घटना हुन नदिन गृहकार्य गरिरहेको बताए । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘बुक बिल्डिङमा अर्को पटक दुर्घटना हुन नदिन सेबोनका कर्मचारीलाई सचेत गराएको छु, एक पटक दुर्घटना हुँदा पछि परेको र अर्को पटक पनि दुर्घटना भयो भने धेरै पछि परिन्छ, त्यसैले बुक बिल्डिङमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको छ,’ उनले भने ।

विगतमा पूर्व अध्यक्ष भिष्म ढुंगाना परिवार र नेप्सेका सीईओ चन्द्र साउदले सर्बोत्तमको सेयर किनेको खुलासा भएपछि बूक बिल्डिङमा विवाद परेको थियो । उक्त विवाद अबका दिनमा नदोहोरिन बोर्डले आवश्यक काम कारवाही अघि बढाएको जानकारी गराएको छ ।

त्यस्तै, लगानीकर्ताले बजारलाई विश्वास गरेको र बजार बढेमा सबै लगानीकर्ताले फाइदा लिन सक्ने उनको भनाई छ ।

‘व्यवहारमा समायोजन गर्यो भने विकास सम्भव छ, चेतना, सचेतना फैलाउनु पर्ने छ, पुँजी बजारप्रति सबैको हेर्ने दृष्टिकोण समान हुनुपर्छ,’ उनले भने ।

त्यस्तै, हालको नेप्सेको प्रणालीले १७० भन्दा बढी ब्रोकर नधान्ने भएकाले प्रणालीलाई थप सुधार गरी नेप्सेको सिस्टममा ठूलो फड्को मार्नु पर्ने उनले बताए ।

‘टिप्पणी वा निर्णय उठाउदा टेबुल टेबुलमा छलफल भएको छ, एउटा सरकार आउने उसले टेबुल गर्ने, अर्को सरकार आउने उसले टेबुल गर्दा ढिला भएको हो,’ हमालले भने ।

विगतमा ५६ जना कर्मचारीले ५७९ कम्पनी नियमन गर्नुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष हमालले आफू आएपछि १५ जना थपेर ७१ जना पुर्याएको समेत जानकारी गराए ।

सम्बन्धित सामाग्री

५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.