तोलाको ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  २०७९ साउन १९ गते ११:१७     विकासन्युज

काठमाडौं । बिहिबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तैऽ तेजाबी सुनको मूल्य पनि बढेर ९५ हजार ६०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँँदीको मूल्य भने बढेर तोलाको १ हजार २१० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X