वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

  २०७९ साउन १८ गते १६:२०     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो ।

वर्ल्डलिंकले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तरार्ष्ट्रिय स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।

यस कम्पनीले वर्तमान समयमा ६ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजार भन्दा बढि संघ सस्था, बैंक एवं वित्तिय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.