भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो शिवमूर्ती बन्ने, शिलान्यास सम्पन्न

  २०७९ साउन १८ गते १३:५१     विकासन्युज

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलवार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती सिलान्यास गरिएको हो ।

देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ र काभे्रको बनेपा नगरपालिकाको सिमानामा बन्न लागेको सो शिवमूर्तीले आन्तरिक तथा वाह्य पर्यटन आगमनमा ठुलो भुमिका खेल्ने विश्वास स्थानिय बताउँछन् ।

शिवमुर्ति सिलान्यासका लागि मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा लतिलपुरको बालकुमारीबाट ‘नाग राजा’को मुर्ति लिएर करिव ३५ वटा गाडीमा ५ सय भन्दा बढी भक्तजन बाजा–गाजा तथा झाँकी ज्ुलुस सहित मुर्ति निर्माण स्थल पुगेका थिए ।

सो अवसरमा नागपञ्चमीको विशेष पुजाआजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम गरेर शिवमुर्ति निर्माण कार्य थालनीको उद्घोष गरिएको थियो ।

मानव कल्याण अध्यामिक प्रतिष्ठानका संरक्षण शिव–तान्त्रिक बुद्धिकुमार गुरुले मुर्ति बनाउन साँढे ६ करोड रकम खर्चने बताए । उनले भने, ‘मैले यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खाना किन छोड्नु नपरोस् तर पुरा गर्ने नै छु ।’

कार्यक्रममा बोल्दै ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डनले गुरु शितान्त्रिकले अत्यन्तै प्रसंसनीय काम गरेको भन्दै मुर्ति निर्माणको लागि १ लाख ५१ हजार नगद सहयोग समेत आयोजकलाई हस्तान्तरण गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.