मैदाभन्दा कोदोको मःम स्वास्थ्यको लागि फाइदाजनक : डा. बखिम

  २०७९ साउन १७ गते १८:२६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोदोको मःमको विषयमा अनुसन्धान गरेको छ । मैदाको मःम भन्दा कोदोको मःम तुलनात्मक रुपमा फाइदाजनक भएको विभागको अनुसन्धानले देखाएको छ ।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. हुमा कुमारी बोखिमले कोदो हाम्रो शरिरमा विस्तारै पच्नेहुँदा स्वास्थ्यलाई फाइदाजनक हुने बताइन् । कोदोको मःमको विषयमा आफुहरुले गरेको अनुसन्धानबारे उनले भन्छिन्, कोदोबाटमात्रै मःम बनाउन मिल्दैन, मैदामा ५० प्रतिशत कोदो मिसाएर बनाउन सकिन्छ ।’

हाम्रो शरिरले सबैभन्दा सजिलोसँग पचाउने भनेको चामलको परिकार हो,’ उनी भन्छिन्, ‘कोदोमा बढी प्रोटिन हुने भएपनि शरिरले पचाउने क्रममा चामलकै लेबल हुन्छ ।’ डा.बखीमकाअनुसार कोदोमा कार्बोहाइड्रेटको मात्रा कम हुने, फाइबर, मिनरल्स बढी पाइने र इनर्जी कम मात्रामा पाइने हुन्छ ।

‘हामीले क्याल्सियमको लागि दुध खाने भन्छौं, दुधको सट्टा कोदोबाट पनि क्याल्सियम पाउन सकिन्छ,’ उनी भन्छिन्, ‘पशुजन्य स्रोतबाट आएको खानेकुरा जस्तै हाम्रो शरिरले बनस्पतिबाट आएको कुरा सोही अनुसार सजिलोसँग लिँदैन ।’

विभागले गरेको अनुसन्धानले सानो साइज भएको एक प्लेट चिकेन मःम र तिल हालेको ७५ ग्राम टमाटरको अचार खाँदा ४९७ किलो क्यालोरी पाइने देखाएको छ । त्यस्तै ठुलो साइजको चिकेन मःम र ११० ग्राम तिल हालेको टमाटरको अचार खाँदा ६४३ क्यालोरी पाइने अनुसन्धानले देखाएको छ ।

शुद्ध मैदाको मःमको तुलनामा ५० प्रतिशत कोदो मिसाएको मःम शरिरले विस्तारै पचाउने हुँदा र मैदाको तुलनमा कोदोको मःममा क्याल्सियम, मिनरल्स र फाइबर बढी पाइने भएकाले स्वास्थ्यको लागि राम्रो हुने कुरा विभागको अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.