जानकी टेक्नोलोजीले पायो ‘आइसिटी अवार्ड अफ एक्सिलेन्स’

  २०७९ साउन १७ गते १७:५८     विकासन्युज

काठमाडौं । मदेश प्रदेश सरकारको अर्थ मन्त्रालयको तर्फबाट जानकी टेक्नोलोजिले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ्ग सेक्टर्स अफ द प्रोभिन्स आइसिटी अवार्ड’ पाएको छ । सोमबार  एसइइपि, सिएनआइ, युके ऐड र स्वदेशीले आयोजना गरेको कार्यक्रममा टेक्नोलोजिले उक्त अवार्ड पाएको हो ।

आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले जानकी टेक्नोलोजीले उक्त अवार्ड पाएको हो ।

जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह-संस्थापक संचालित कम्पनी हो । कम्पनीले एक दशकदेखि नेपालको टेक्नोलेजीको क्षेत्रमा धेरै प्रविधिहरू स्थापना गरिसकेको छ ।

जानकी टेक्नोलोजीका सहसंस्थापक अरविन्द शाहले प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु ठूलो सम्मान भएको बताए । ‘सूचना र प्रविधि हाम्रो समाज, हाम्रो देश तथा हाम्रो अर्थतन्त्रका अत्यावश्यक अंगहरू हुन्, प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मान हो, यी मान्यताहरूले हामीले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्याएका छौं भनेर देखाउँछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.