बीमा पोलिसी त्याग्नेको संख्या बढ्दो, १२ अर्ब बढीको सरेन्डर (कुनको कति ?)

  २०७९ साउन १७ गते १४:२५     विकासन्युज

काठमाडौं । हालसम्म १२ अर्ब १८ करोड रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण (सरेन्डर) भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा मात्रै बीमितहरुले ८१ लाख ८३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् ।

बीमा पोलिसी सरेन्डर गर्नु भनेको जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नु हो । पछिल्लो समय उक्त संख्या बढ्दो छ । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमा गराउने र समय नपुगी उक्त पोलिसी बन्द गर्न थालेका छन् ।

सञ्चालित १९ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल लाइफको बीमितले बीमा पोलिसी त्यागेका छन् । यो अवधिमा सो कम्पनीका बीमितहरुले २६ हजार ६०३ वटा अर्थात ५ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् ।

त्यस्तै, बढी पोलिसी सरेन्डर गर्नेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्सका बीमितले २ अर्ब ९३ करोड रुपैयाँ बराबरको पोलिसी रोकेका छन् । जुन संख्याको आधारमा ९ हजार ८६८ वटा पोलिसी हुन् ।

त्यस्तै, ५० करोडभन्दा बढी बीमालेख सरेन्डर गरेकामा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र एशियन लाइफबाट रहेको छ । यी कम्पनीका बीमितले क्रमशः ८५ करोड ९७ लाख, ८५ करोड ५५ लाख र ५८ करोड ९० लाख रुपैयाँ बराबरको बीमालेख निश्चित अवधि पुग्नु अगावै रोकिएका छन् ।

त्यसैगरी, अधिकांश कम्पनीहरुबाट १० करोडभन्दा बढी र ५० करोडभन्दा कम रुपैयाँका बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसमा गुराँस लाइफ, मेटलाइफ, सूर्या लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, सानिमा, ज्योती, महालक्ष्मी, सिटिजन, रिलायबल नेपाल, सन नेपाल र आइएमई लाइफको १० करोडभन्दा कमको पोलिसी सरेन्डर भएका छन् । जसमध्ये सानिमा, ज्योति र महालक्ष्मीको ६ करोडभन्दा बढीको, सिटिजनको ३ करोड बढी, रिलायबल नेपाल, सन नेपाल र आईएमई लाइफको एक वर्षको अवधिमा २ करोड बढीको बीमालेख सरेन्डर भएका हुन् ।

रकमका आधारमा सबैभन्दा कम बीमालेख सरेन्डर हुनेमा आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा इन्स्योरेन्सका बीमितले २ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी निश्चित समय नपुगी रोकेका हुन् ।

संख्याको आधारमा भने सानिमा लाइफ इन्स्योरेन्सको पोलिसी सबैभन्दा कम सरेन्डर भएको छ । यो अवधिमा इन्स्योरेन्सको २२६ वटा पोलिसी सरेन्डर भएका छन् ।

कुनको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.