टिभिएसको आयोजनामा अपाचे ओनर्स ग्रुप राइड विराटनगरमा सम्पन्न

  २०७९ साउन १७ गते १४:३६     विकासन्युज

काठमाडौं ।  टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न गरेको छ । उक्त एओजी राइड टीभीएसको ३५ अपाचे राइडरहरुको सहभागीता थियो ।

कम्पनीले वर्षौंदेखि उक्त राइड आयोजना गर्दै आएको छ । टीभीएसले अपाचे बाइक हुनेहरुको एओजी ग्रुप बनाएर राइडमा लाग्दै आएको छ।राइड साउन १४ गते शनिबार विराटनगरको महेन्द्र चोकबाट सुरु भएर नेता चोक, विराट चोक, इटहरी, इनरूवा र कोशीटप्पुस्थित अक्वा बर्ड रिसोर्ट पुगेर सकिएको थियो ।

विभिन्न पेसामा रहेका सहभागीले भाग लिएको एओजीमा २०० भन्दा धेरैले आवेदन दिएका थिए । तर आयोजकले आवेदन दिएका मध्येबाट ५३ जना राइडरहरुलाई मात्रै छनोट गरेको जनाएको छ। विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई कम्पनीले विराटनगरमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने भएको छ ।

टीभीएसले ग्राहकलाई विभिन्न कार्यक्रम र एडभेन्चर राइड सञ्चालन गरिरहेको छ। कम्पनीले विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राइडको लागि दर्ता प्रक्रिया खुला गरिसकेको बताएको छ । एओजी राइडमा सहभागी हुने राइडरहरुले यस्तै खालका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुने मौका पाइने कम्पनीले जनाएको छ ।

यस एओजी राइडमा सहभागी हुने सबै राइडरहरुलाइ कम्पनीले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.